Logo

प्रमुख समाचार

समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन् ।

आईतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडी बढेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।

उनले भने, ‘सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडी बढ्दै छ । त्यसमा सबै प्रदेशहरुको पनि सहयोग अझै राम्रसँग हुने छ । भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । हामीलाई स्थीरता स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरुको अगाडी छैन् ।’

उनले संघीय मन्त्रीहरुको क्वाटर पनि केहि महिनाभित्रमा टुङ्गीने जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १७:२१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।