Logo

प्रमुख समाचार

प्रदेशमा भएको समस्यालाई हेरेर बस्नेहरुलाई ताली बजाउने अवसर दिनुहुन्न : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा भएको समस्यालाई हेरेर बस्नेहरुलाई ताली बजाउने मौका दिन नहुने बताएका छन् ।

आईतबार विराटनगरमा कोशि प्रदेश संगठन कमिटिको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एमालेसंग लड्न आउनेको सिङ निकाल्ने तर आपसमा लडेर बस्न नहुने बताएका हुन् ।

‘हामीले आफ्नो सिंङ निकाल्नु पर्छ । हाम्रो सिङ भाचिने , हामी लड्ने ,दाजुभाई दाजु भाई लड्ने अनि दर्शक भएर बस्नेहरु चाँहि ताली बजाउने त्यो स्थिती आउन दिनु हुँदैन् । हामीले मिलेर विकास गर्नुपर्छ ।’

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १७:२७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।