Logo

प्रमुख समाचार

कोशीमा सघाउने सौदाबाजी गरेर राप्रपाले सभापति लिएकाे हाेइन् : सिंह



राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संसदीय समिति सभापतिको बदला कोशी प्रदेशमा सत्तागठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अहिले विदेशमा रहेको र उनी आएपछि मात्रै यसबारेमा छलफल हुने बताए ।

अहिले भने सत्तागठबन्धनसँग कुनै पनि सौदाबाजी नभएको दाबी गरे ।

‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो । कोसी प्रदेशमा सत्तागठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्ने कुरा सरासर गलत हो,’ उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष विदेशमा हुनुहुन्छ, उहाँ भोलिसम्म आउनुहुनेछ । उहाँ नआईकन कुनै पार्टीसँग कम्परमाइज गरेका छैनौँ। हामीले वचन दिएका छैनाैँ ।’

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ०९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।