Logo

अर्थ

उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन हुँदै



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि आज निर्वाचन हुने भएको छ ।

समिति सभापतिका लागि जनमत पार्टीबाट अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीको उमेदवारी परेको छ ।

सत्तारुढ दलले जनमत पार्टीका खानलाई सहयोग गर्ने सहमति भएको छ। निर्वाचन दिउँसो ३ बजे हुनेछ ।

अरू ९ वटा विषय गत समितिका सभापति भने निर्विरोध निर्वाचित भइसकेका छन्।निर्वाचनको नौ महिनापछि प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिले सभापति पाउने भएका हुन् ।

भागबण्डाका कारण नौवटा समितिका सभापति सर्वसम्मत् हुने भएका हुन् । दलहरूबीच भागबण्डामा ‘कुरा नमिल्दा’ लामो समयसम्म समितिले सभापति पाएका थिएनन् ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ०९:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।