Logo

खेलकुद

एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान



काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् ।

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १०:२०   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।