Logo

अर्थ

चार दिनदेखि सुनको मूल्य स्थिर



काठमाडाैं । विगत ४ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । गत साताको बिहीबारदेखि सुनको मूल्य स्थिर कायम भएको हो ।

आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।

गत भदौ ७ गते सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि सुनको भाउमा कुनै फेरबदल भएको छैन ।

चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ११:४६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।