Logo

अर्थ

सामान्य अंकले बढ्याे सेयर बजार



काठमाडौं । सेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ । आज नेप्से सूचक ५.०९ अंकले बढेर १९९८.४८ को विन्दुमा उक्लिएको छ। त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ अंकले बढेर ३८३.५६ को विन्दुमा पुगेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका ३६ लाख ७० हजार ७३१ कित्ता सेयर ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी, होटेल तथा पर्यटन समूह सर्वाधिक ०.८१ प्रतिशतले उकालो लागेको छ । विकास बैंक समूह ०.७० प्रतिशत बढ्दा बैंकिङ समूहमा ०.५२ प्रतिशत, वित्त समूहमा ०.१३ प्रतिशत, लगानी समूहमा ०.२९ प्रतिशत, जीवन बीमा समूहमा ०.२२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशत र व्यापार समूहमा ०.६५ प्रतिशतले बढोत्तरी भएको छ ।

आज अन्य समूह सर्वाधिक ०.२८ प्रतिशतले ओरालो लागेको छ । जलविद्युत समूह ०.०९ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत र जलविद्युत समूहमा ०.२५ अंकको गिरावट आएको छ ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकको सर्वाधिक ७ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज सोल्टी होटेलको ४ करोड ९८ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ५१ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ४४ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड १८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ८ लाख रपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ८२ लाख रुपैयाँ र अपी पावरको १ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १५:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।