काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् ।
फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साल राजदूत नियुक्त भएका छन् । उनीहरु मन्त्रिपरिषद्को सिफारिसमा यसअघि नै संसदीय सुनुवाइपछि राजदूतमा अनुमोदन भएका थिए ।















प्रतिक्रिया