काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी जहाज खरिद प्रकरण र गिबन्धु टि स्टेटलगायतका प्रकरण छानबिन गरिए सत्ता पक्षकै नेताहरू जेल जाने दाबी गरेका छन् । ललिता निवासको छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग भएको भन्दै अन्य प्रकरण पनि छानबिन गरे उनीहरु नै जेल जाने ओलीको भनाइ छ ।
काठमाडौंका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले यति होल्डिङको बारे छानबिन गर भनेको वर्षौं भइसक्दा पनि नभएको र वाइडबडीमा पनि आफैं जेल जाने भएकाले छानबिन नगरको ओलीको दाबी छ । ‘यति होल्डिङको छानबिन गर न त भन्यो गर्दैनन् । वाइडबडीको छानबिन गर आफै जेल जाऊ’, ओलीले भने, ‘अस्तिसम्म ललिता निवास भन्दैथे, अहिले कस्तो भागो र भाग छ । एउटा यता ढोकाबाट कुदेको छ, अर्को उताबाट कुदेको छ । यिनीहरुका छानबिन नदेखिएको हो र ? यी भ्रष्टहरु उल्टै एमालेलाई धम्की दिँदैछन् ।’
आफूलाई जोडिएको गिरिबन्धु टि स्टेटबारे ओलीले पटकपटक कानूनबिना चिया बगानको जग्गा बेच्न दिएर कमिसन खाएकाले आफ्नो पालामा कानून बनाएको तर कुनै जमिन बेचबिखन नभएको बताए ।‘बिना कानून २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो त्यसको छानबिन गर । २०५८÷६० मा बिनाकानून ५१ बिघा जमिन बेच्न दिएको थियो छानबिन गर र आफैं जेल जाऊ’, उनले भने, ‘हामीले कानून बनाइदिएका हौं, कानूनको आधारमा जग्गा सट्टापट्टा गरेरमात्र बेच्न पाउने भनेको हो । गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन, कानून बनाइदिएको हो ।’
ओलीले अहिले केही नपाएर ओम्नीको कुरा गरिएको भन्दै ओम्नी भन्नेबारे आफूले पत्रिकाबाट मात्र थाहा पाएको जिकिर गरे । उनले ओम्नीको छानविन गर्न समेत चुनौती दिए । सरकारको संरक्षणमा एयरपोर्टबाट भइरहेको सुन तस्करीलाई निर्वाध चल्न दिन संसदमा पशुपतिको जलहरीको विषय उठाएको पुष्टी भएको भन्दै ओलीले तस्करको नाइके नै सरकारको नेतृत्वमा रहेको बताए । सं





















प्रतिक्रिया