Logo

खेलकुद

वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द



काठमाडौं । नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ । मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो । थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन् ।

नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डङ्गोल, इन्दु बर्माले समान एक÷एक विकेट झारेका थिए । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षा बाधक बनेपछि खेल रोकिएको थियो । सीता रानामगर शून्यमा रन आउट भएकी थिइन् ।

नेपाल र थाइल्यान्डले आइसीसी महिला विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोट अघि खेलको उक्त अभ्यास खेल खेलेको हो । एसिया छनोट खेल यही भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदैछ ।

एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ । नेपालको समूह ए मा परेको छ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । त्यस्तै समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले आफ्नो उद्घाटन खेल ३१ अगस्टमा मलेसियासँग खल्नेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार २१:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।