Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : शिक्षा किन झन् महंगो हुँदै गयो ?



काठमाडौं । सांसद उर्मिला थेबेले शिक्षा महंगो हुँदै गएकोतर्फ चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिभिसभामा प्रधानमन्त्रीसँग भएको पश्नोत्तर कार्यक्रममा सांसद थेबेले महंगो हुँदै गएका कारण शिक्षाबाट गरिब तथा जेहेन्दार बञ्चिन हुनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न गरेकी हुन् ।

‘शिक्षा क्रमंश सस्तो हुँदै निःशुल्क हुनुपर्नेमा झन् शुल्क बढाएको देखिन्छ । सरकारले यस्तो नीति किन लियो ? जसबाट गरि तथा जेहेन्दार शिक्षाबाट झन् पर धकेलिने अवस्था सिर्जना भएको छ’, उनले भनिन्, ‘संघीय शिक्षा विधेयक कहिले दर्ता हुन्छ ?’

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकलाई गुणस्तरीय र सर्वसुलभ शिक्षाको पहुँचमा पु¥याउने सरकारको नीति रहेको र त्यही अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले संघीय शिक्षा विधेयक सदन छिटै दर्ता हुने पनि बताए । केहीदिन अघि नै दर्ता गर्ने तयारी गरिएको भए पनि जनताको चासोलाई गहन रुपमा लिएर केही परिमार्जन गर्नुपर्ने भएका ले ढिलाइ भएको उनले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १२:००   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।