Logo

अर्थ

गौतमबुद्ध विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आज देखि हङकङ र दिल्ली उडान भर्दै



काठमाडौं । नेपाल वायुसेवा निगमले मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमको बजार व्यवस्थापन र माग अनुसार उडानको संख्या थप्दै जाने जनाइएको छ ।

निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १२:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।