काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार प्रकरणहरूको अनुसन्धानका क्रममा आफ्नो नाम आयो भने पनि नछाड्न भनेका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको नेता त के आफ्नौ नाम आएपनि छाड्न आवश्यक नरहेको बताए ।
‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन’, प्रचण्डले भने, ‘दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर मैले भन्दै आएको छु । यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’
प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितृष्णालाई चिर्न सफल भएको उनको दाबी छ ।




















प्रतिक्रिया