काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अधिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति नेपालीहरूबीच विद्वेष फैलाउने कमिसिमको रहेको टिप्पणी गरे ।
‘स्वयम् प्रधानमन्त्रीले म जातीय राज्यको पक्षमा छु, तपाईंहरू जाग्नुस्, उठ्नुस् । मलाई बहमुत दिनुस्, यो मुलुकमा म जातीय राज्य स्थापित गरिछाड्छु भनेर भन्नुभएको छ, यो भन्न मिल्छ ?,’ एमाले प्रमुख सचेतक गिरीले प्रश्न गरे ।
उनले मिलेर बसेकाहरूलाई स्वयम् प्रधानमन्त्रीले भाँड्न खोजेको आरोप लगाए । ‘आपसमा भिडाउने र मुलुकमा विद्वेष फैलाउने कुरा गर्नुभएको छ । स्वयम् प्रधानमन्त्रीले यसो गर्नु मिल्दैन’, उनले भने ।
यसअघि प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा जारी पहिचान पक्षधर आन्दोलनको प्रसङ्ग जोड्दै आफ्नो दल माओवादी केन्द्रले पहिचान पक्षधर नाम राख्न सक्नेगरी बहुमत नपाएको बताएका थिए । यसपछि उनले ०८४ सालको निर्वाचनमा बहुमत दिन आग्रह गर्दै उनले ‘ठाउँको ठाउँ’ पहिचानको पक्षमा नामकरण हुने बताएका थिए ।
















प्रतिक्रिया