Logo

प्रमुख समाचार

अहिले देखिएका विभिन्न अतिवादहरूलाई प्रश्रय दिइनु हुँदैन : उपमहासचिव पुन



काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अतिवादलाई प्रश्रय दिन नहुने बताएका छन् । मंगलबारकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसदसमेत रहेका पुनले भने, ‘विभिन्नखाले अतिवादहरू देखिन थालेका छन् । यसलाई कुनै पनि हिसाबले प्रश्रय दिइनु हुँदैन ।’

कुनै न कुनै रूपमा अतिवादलाई प्रश्रय दिने क्रियाकलाप भइरहेको भन्दै उपमहासचिव पनुले यस्तो नगर्न आग्रह गरेका हुन् । अन्तर्राष्ट्रिय अभिसन्धिहरूको प्रसङ्ग जोड्दै उनले भने, ‘नेपालले विगतमा विभिन्नखाले हिंसा, अतिवादहरू भोगिसक्यो । अब यसो हुनु राम्रो हुँदैन ।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १५:०८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।