Logo

प्रमुख समाचार

समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति घोषणा



बुटवल । समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा आज आयोजित समाजवादी मोर्चाको ‘सन्देश सभा’मा समितिका पदाधिकारी तथा सदस्यहरूको नाम घोषणा गरिएको हो ।

मोर्चामा आबद्ध दलका ३/३ जना नेताहरू सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको छ । मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन्।

यसैगरी एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् । यस्तै जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन्  भने नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा कमिटीमा समावेश भएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:१९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।