काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले कान्तिपुर सिनेमाससँग एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ । कान्तिपुर सिनेमास एक ओटीटी प्लेटफर्म हो । जहाँ विभिन्न चलचित्र तथा चलचित्रको शृंखलालाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ ।
आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरुका माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।





















प्रतिक्रिया