काठमाडौं । हिजो सामान्य अंकले बढेको सेयर बजार आज फेरी ओरालो लागेको छ । आज नेप्से सूचक ५.०५ अकंले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेर ३८२.८५ को विन्दुमा झरेको छ ।
आज २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच हुदाँ ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार ९ उपसूचक राताम्य भएको छन् । आज इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०५ प्रतिशत र ब्यापार समूहको ०.०२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज माछापुच्छे बैंकको ३ करोड ६२ लाख रुपैयाँ, आइएमई लाइफको ३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।





















प्रतिक्रिया