Logo

समाचार

साइबर अपराधका घटना बढेका छन् : एसएसपी राठौर



काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले नेपालमा सामाजिक सञ्जाल लगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसंग भेटघाट गर्दै उनले नेपालमा पछिल्लो समय साईबर अपराधका घटना बढ्दै गएको बताए । नेपालमा पहिला फौजदारी र संगठित अपराध धेरै हुने गरेकामा हाल साइबर अपराधका घटना बढेको उनको भनाई छ ।

आर्थिक अपराधबाट विस्तारै सिफ्ट भएर साइबर अपराध बढ्दो क्रममा रहेको बताएका उनले भने, ‘पहिला फाइनान्सियल क्राइम धेरै हुने गरेको थियो भने अहिले विस्तारै त्यो सिफ्ट भएर साइबरमा प्रयोग हुन थालेको छ । बीचमा क्रिप्टो करेन्सिको कुरा आयो, दुई तीनचोटी यहिबाट त्यस्ता केशको अपरेसनहरु भएका छन् । साइबर अपराध बढ्दै छ ।’

पहिला नेपालमा फौजदारी कसुर, आर्थिक र अन्य अपराध धेरै हुने गरेकामा पछिल्लो समय सोसलमिडियाबाट हुने साइबर अपराधको घटनामा वृद्धि भैरहेको बताएका उनले सरकारले दिएको अपराध नियन्त्रणको जिम्मेवारीमा खरो उत्रिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १७:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।