Logo

प्रमुख समाचार

गणपूरक संख्या नपुगेपछि संसद्‍ बैठक एक साताका लागि स्थगित



काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।

मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लागेका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, नेकपा एमालेका सांसद ठाकुर गैरे र दामोदर बैरागीले संसदमा गणपूरक संख्या नपुगेकाले उक्त प्रस्ताव पेश गर्न नपाइने बताए ।

सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए ।

त्यसपछि सभामुख घिमिरेले गणपूरक सङ्ख्या नपुगेकोले सदनको बाँकी कार्यसूची स्थगित गर्दै बैठक एक सातापछि अर्थात भदौ १८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १७:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।