Logo

प्रमुख समाचार

माओवादीले अघि सारेको जातीय राज्यको दुष्परिणाम देखिन थाल्यो : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादीले जातीय राज्यको अवधारणा अघि सार्दाको दुष्परिणाम अहिले समाजमा देखिन थालेको आरोप लगाएका छन् ।

संघीय संसद भवनबाट बाहिरिने क्रममा मंगलबार प्रतिक्रिया दिँदै उनले माओवादीले जातीय विजारोपणलाई अघि सारेको र त्यसैको दुष्परिणाम समाजमा देखिन थालेको आरोप लगाए ।

उनले भने ‘नेकपा माओवादीले जुन किसिमको जातीय राज्यको अवधारणा अगाडि सारेर एक प्रकारले विभाजनको विजारोपण गर्‍यो त्यसको दुष्परिणामहरु अहिले देखिन थालेका छन् ।’

उनले सामाजिक द्वन्द्वतर्फ समाजलाई धकेल्ने काम तत्काल रोक्नुपर्ने उल्लेख गरे ।

त्यस्तै उनले तत्कालै कोशी प्रदेश सरकारमा सहभागी हुने नहुनेबारे राप्रपाले निर्णय गर्न हतार नगर्ने बताए । यथास्थितिमा कोशी प्रदेश सरकारमा सहभागी नहुने उनको दाबी छ । ‘अहिले हामीले कसैलाई सघाउने निणर्य गरेका छौंनौ, हतार गर्दैनौ’, उनले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १७:३६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।