Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डकाे भ्रमणअघि एमाले नेताहरू किन जाँदैछन् चीन ?



काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूले चीन भ्रमण गर्ने भएका छन् । नेकपा एमालेका नेताहरु आगामी शनिबार चीन भ्रमणमा जाने भएका हुन् ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु १६ गते चीन जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड असोज ५ देखि ७ गतेसम्म चीनको भ्रमण गर्ने तय भएको छ ।

त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरूलाई बोलाएको हो । ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरूले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १७:४१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।