काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले एसिया कप क्रिकेटमा नेपाली टोलीलाई पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत मेयर शाले नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना दिँदै मेयर शाहले भने सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ ।’
उनले भने ‘टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो ।’
‘सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दीपले रिजवानलाई कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदैछ’, मेयर शाहले बताए ।
एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।
















प्रतिक्रिया