Logo

खेलकुद

नेपाललाई तेस्रो सफलता, पाकिस्तानका मोहम्मद रिजवान आउट



काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानलाई तेस्रो झड्का दिएको छ । तेस्रो विकटेका रुपमा पाकिस्तानले मोहम्मद रिजवानलाई गुमाएको हो । रिजवनलाई नेपालका दिपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् ।

रिजवानले पाकिस्तानका लागि ५० बलमा ४४ रन बनाएर आउट भएका हुन् ।

यसअघि ओपनरद्वयलाई पाकिस्तानले सस्तैमा गुमाएको थियो । ओपनर फखर जमान १४ र अर्का ओपनर इलम उल हक ५ रन बनाएर आउट भएका थिए ।

पाकिस्तानले २४ ओभरमा तीन विकेटको क्षतिमा ११२ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १७:०३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।