Logo

अर्थ

बिगमार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट



काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।

उक्त छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस छुटअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकले बिग मार्टका सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै स्मार्ट क्यूआर र नेपाल पे क्यूआरको अन्तरआबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्यूआरमा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १७:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।