Logo

खेलकुद

एसिया कपको दोस्रो खेलका लागि पाकिस्तानबाट श्रीलंका पुग्यो नेपाली टोली



काठमाडौं । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

बुधबार आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । सो खेल लगत्तै नेपाली श्रीलंकाको लागि प्रस्थान गरेको थियो ।

नेपालले भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।

नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १२:४८   :  बजे

459
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।