Logo

प्रमुख समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जना दिए आवेदन



काठमाडाैं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन परेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा.डा मनेन प्रसाद गोर्खाली, डा. विधान निधि पौडेलको आवेदन परेको छ। त्यस्तै प्रा.डा संगीता सिंह भण्डारी, प्रा.डा सुमन कुमार श्रेष्ठको पनि उम्मेदवारी परेको छ। अहिले उपाध्यक्षमा प्रा.डा श्रीकृष्ण गिरी रहेका छन्। उनले पनि उपाध्यक्ष पदमा फेरि आवेदन दिएका छन्। आवेदन दिएका ९ जनाको प्रस्तुतीकरण भदौ १७ गते र अन्तर्वाता १८ गते हुने सिफारिस समितिले जनाएकाे छ।

उनीहरूले आफ्नो प्रस्तुतीकरण सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा भदौ १५ गतेभित्र पेश गरिसक्नुपर्ने पनि बताइएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १५:१६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।