Logo

राजनीति

सीआईबीलाई अनुसन्धान गर्दै जाँदा ‘प्रचण्ड’ देखिएपनि नछाड्न भनेको छु : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीमाथि आफू निकटका व्यक्तिहरुलाई जोगाएको आरोप लागेपछि प्रष्टीकरण दिएका हुन् ।

सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दा जाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’

गठबन्धन मोर्चा अघि बढाइसकेपछि प्रतिक्रियावादीहरुलाई खपिनसक्नु भएको टिप्पणी गरे । उनले आफूहरुले चार पार्टी मात्रै नभएर देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा रहेको बताए ।

सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो । उनले आफू युएन महासभा र चीन भ्रमणमा जाँदा किसानका मुद्दा उठाउने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा गठबन्धन सरकार र समाजवादी मोर्चा एकढिक्का भएर अगाडि बढेको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १६:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।