Logo

राजनीति

राप्रपाको केन्द्रीय कार्यालय तत्काल नभत्काउन अदालतको आदेश



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय तत्काल नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। उच्चका न्यायाधीशहरू सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले घर नभत्काउन अन्तरिम आदेश दिएको हो ।

अदालतले पार्टी कार्यालय रहेको घर नभत्काउन अन्तरिम आदेश दिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे । गत साउन १५ गते काठमाडौं महानगरपालिकाले राप्रपा केन्द्रीय कार्यालय रहेको धुम्बाराहीस्थित घर भत्काउन खोजेको थियो।

बिजुलीको हाइटेन्सन लाइनमुनि घर रहेको भन्दै महानगरले खाली गर्न त्यसबेला ३ दिने अल्टिमेटम दिएको थियो। राप्रपाले घर खाली नगरेपछि भत्काउन डोजर पठाइएको भए पनि राप्रपा नेता, कार्यकर्ताले सडकमा गाडी तेर्साएर अवरोध गरेका थिए।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १९:१४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।