पोखरा । समाजवादी मोर्चाले आज पोखरामा सन्देश सभा गर्ने भएको छ ।
पोखरा सभागृहमा हुने सभामा नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि सम्बोधन गर्ने बताइएकाे छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धतासहित समाजवादी मोर्चा गठन माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए ।
४ दल सम्मिलित समाजवादी मोर्चाले यस अघि लुम्बिनी प्रदेशकाे बुटवलमा र कर्णाली प्रदेशकाे सुर्खेतमा सभा सम्पन्न गरिसकेकाे छ ।





















प्रतिक्रिया