काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएर बेचेको दिनको स्मरण गरेका छन् ।
सिरहामा हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएर बिराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले पुराना दिनको स्मरण गरेका हुन् ।
‘रातिको करिब ९/१०बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो,’ अध्यक्ष ओलीले पुराना दिन सम्झदैँ फेसबुकमा लेखेका छन, ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ । अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो ।’
एमालेले चौथौं महाधिवेशन (२०४६ भदौं ९–१४) स्थल सिरहामा हालै केन्द्रीय सचिवालयको बैठक सम्पन्न गरेको छ । मदन भण्डारीलाई महासचिव चयन गर्ने तथा जनताको बहुदलीय जनवाद (जबज)तर्फ पार्टीलाई लैजाने निर्णय गरेको सो महाधिवेशनले संयुक्त बाम मोर्चा निमार्ण गरी नेपाली कांग्रेससँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलन गर्ने नीति लिएको थियाे । सोही स्थानमा भएको सचिवालय बैठक सकेर ओली बिराटनगर जाने क्रममा बरमझियामा पसेका थिए ।
















प्रतिक्रिया