काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।
त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकपछि स्थायी कमिटी सदस्य अनिल शर्माले जानकारी दिए ।
बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन् । ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तर्क्रियाहरु गर्ने नेता शर्माले बताए ।
त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने उनले जानकारी दिए । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने छ ।
आन्दोलनको पूरै अभियानभर स्थायी कमिटी सदस्य सुशील सहभागी हुने स्थायी कमिटी सदस्य शर्माले जानकारी दिए । त्यसपछि फेरि स्थायी कमिटीको बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने नेता शर्माले बताए ।





















प्रतिक्रिया