काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया