काठमाडाैं । अस्वस्थ भएर सैनिक अस्पताल भर्ना भएका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काकाे स्वास्थ अवस्था बुझ्न महामन्त्री द्वय गगन थापा र बिश्व प्रकाश शर्मा अस्पताल नै पुगेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो। मन्त्री खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि मन्त्री खड्कालाई अस्पताल लगिएको हो।
मन्त्री खड्काकाे प्रोस्टेटको शल्यक्रिया गरिसकिएको छ। उनी अस्पतालमै आराम गरिरहेका छन् ।




















प्रतिक्रिया