Logo

समाचार

दमकमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ, २२ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक तास बरामद



झापा । दमक नगरपालिका-२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-५ चपेटी घर भएका हिमाल राईको  चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १५:१६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।