Logo

अर्थ

डिम्याट खाताको संख्या ५८ लाख ८२ हजार नाघ्यो



काठमाडौं । सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या बढ्दो क्रममा रहेको छ । आधा लाखभन्दा बढी लगानीकर्ता सेयर बजारको पहुँचमा पुगेका छन् । यस आधारमा पनि सेयर बजारमा लगानीकर्ताको सहभागितालाई उत्साहजक रूपमा लिन सकिन्छ ।

नेपालमा डिम्याट खाताको संख्या ५८ लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५८ लाख ८२ हजार २८५ पुगेको छ ।

सिडीएससीका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा डिम्याट खाता संख्या ५८ लाख २४ हजार २ सय ७९ पुगेको थियो । चालु वर्ष सुरु भएयता त्यो संख्या बढेर ५८ लाख ८२ हजार २८५ पुगेको हो ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा डिम्याट खाताको संख्या ५३ लाख ४८ हजार ९ सय ८२ रहेको थियो थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा डिम्याट खाता खोल्नेको संख्यामा गिरावट आएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ७९ हजार मात्र थिए । त्यो संख्या आक्रामक तरिकाले बढेर आर्थिक वर्ष २०७८/७९ मा ५३ लाख ४८ हजार पुगेको हो ।

२०७६/७७ मा डिम्याट खाता खोल्नेको संख्या १७ लाख ५३ हजार रहेको थियो भने २०७५/७६ मा यस्तो संख्या १५ लाख ७१ हजारमा सीमित थियो ।

कोभिड-१९ पश्चात सेयर बजारमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ ।

त्यस्तै हालसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या ४९ लाख ४१ हजार ३२९ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल मेरोसेयर खाताको संख्या ४८ लाख २४ हजार १० पुगेको थियो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म मेरो सेयर खाताको संख्या २८ लाख ५० हजारमा सीमित थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १६:५७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।