काठमाडौं । ‘२० औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला २०८०’ सुरु भएको छ ।
काठमाडौंको दरवारमार्ग स्थित होटेल अन्ननपूर्णको प्रागंनमा सुरु भएको मेलाको वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोएरालले संयक्त रुपमा मेलाको उद्घाटन गरेका हुन। महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरीएको महिला सृजनशील केन्द्रका अध्यक्ष मिलु थापाले जानकारी दिइन ।
महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्धन गरी उनीहरुलाई वित्तीय पहुँच बढाउन पनि मेला उपयोगी हुने थापाले विश्वास व्यक्त गरिन । सृजनशील महिलाको एउटै नारा, उद्यम गरौ, बनौ आत्मनिभर भन्ने अभियानका साथ सञ्चालन गरिएको मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको बिक्री वितरण गरिनेछ ।
वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री चित्रकारले तिज संस्कृतिलाई उद्यमसँग जोड्नु राम्रो भएको बताए । तिजलाई खाने लाउने पर्व मात्रै नभएर तिजलाई आत्मर्निभर महिला बनाउने पर्वकाे रुपमा मनाउनुपर्ने उनकाे तर्क थियाे। देशको अर्थतन्त्रलाई माथि उकास्नका लागि महिलालाई उद्यमशीलतासँग जोडनुपर्ने उनले बताए । यस्तै कार्यक्रमा माइती नेपालका अध्यक्ष कोइरालाले महिला दिदीबहिनीले सञ्चालन गरेका उद्योगबाट गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएकाले विदेशी बस्तु भन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गिरन । कोइराललाले महिला दिदीबहिनीहरुले संचालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याइन ।
मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला, खाद्य सामाग्री, गरगहना लगायतका सामाग्री प्रर्दशनमा राखिएको छ । ३ दिनसम्म चल्ने मेलामा करिव १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताए । प्रदर्शनीमा ४० बढी स्टल रहेका छन् ।
















प्रतिक्रिया