Logo

प्रमुख समाचार

गाईजात्राको बिदा कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले सापारु (गाईजात्रा)को अवसरमा आज महानगरभित्र सार्वजनिक बिदा दिएको छ। तर केही विद्यालयले बिदा कार्यान्वयन नगरेको भन्दै महानगरले कारबाही गर्ने चेतावनी दिएको छ।

भक्तपुरमा बिहीबार नै गाईजात्रा मनाइए पनि काठमाडौंमा भने आज मात्रै गाईजात्रा मनाइँदैछ। महानगरले सूचना जारी गरेर आज महानगर भित्र सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।

तर केही विद्यालयले पठनपाठन गरिरहेको सूचना आएपछि महानगरको शिक्षा अधिकारी सीताराम कोइरालाले स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न र सूचना विपरित गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएका हुन्।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार २१:३२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।