Logo

अर्थ

अर्थमन्त्री डा. महत भन्छन्– ‘अहिले अर्थतन्त्रमा केही समस्या छ, तर निराश भइहाल्नु पर्दैन’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कुनै कारण नभएको बताएका छन् । शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्ताे जिकिर गरेका हुन् । ‘आशा र निराशाका बिचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चिय नै अहिले हामी समस्यामा छौं, अर्थतन्त्रमा केही समस्यामा छ’, उनले भने, ‘तर धेरै निराश भइहाल्नुपर्ने कारण छैन । व्यवसायी मर्कामा छन्, उनीहरुको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ ।’

सबैले खराबै मात्र भन्ने हो भने केही गरौं भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्ने मन्त्री महतले बताए । उनले जेसिसलाई सकरात्मक छलफलको अगुवाइ गर्न आग्रह गरे । अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै उनले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएको दाबी गरे ।

अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए। अहिले पुँजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको भन्दै यो दीगो नभएको बताए । जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १०:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।