काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज भइरहेको भारत र पाकिस्तानको खेल वर्षाले प्रभावित भएको छ । श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ राजेको भारतले ४ दशमलव २ ओभरमा कुन विकेट नगुमाइ १५ रन बनाएकाे अवस्थामा वर्षा भएपछी खेल राेकिएकाे छ ।
भारतका राेहित शर्माले १८ बलमा दुई चाैकासहित ११ रन तथा शुबमन गिलले ८ बलमा कुनै रन लिन सकेका छैनन् । एकदिवसीय ब्याटिङ वरियतामा गिल ४ नम्बरमा छन् भने शरेमा ११औं नम्बरमा छन् ।
पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । भारत पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ ।















प्रतिक्रिया