Logo

खेलकुद

पाकिस्तानविरुद्ध भारतको आठौं विकेट पतन



काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज दुई चरिप्रतिद्वन्द्वी भारत र पाकिस्तान खेलिरहेका छन् । श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको भारतले आठौं विकेट गुमाएको छ ।

आठौं विकेटका रुपमा शार्दुल ठाकुर आउट भएका छन् । नशीम शाहले उनको विकटे लिएका हुन् । उनले ३ बलमा ३ रन बनाएका थिए । यसैगरी सातौं विकेटका रुपमा रविन्द्र जडेजाको विकेट शाहीन अफ्रिदीले लिएका थिए । जडेजाले २२ बलमा १४ रन बनाएका थिए ।

छैटौं विकेटका रुपमा भारतले हार्दिक पान्ड्यालाई गुमायो । ९० बलमा ८७ रन बनाएका उनको विकेट शाहीन अफ्रिदीले लिएका हुन् ।

यसअघि पाँचौं विकेटका रुपमा ईशान किसलाई ८१ बलमा ८२ रन बनाएको अवस्थामा भारतले गुमाएको थियो । यसैगरी भारतले शुबमन गिललाई चौथो विकेटका रुपमा ३२ बलमा १० रनमा गुमाएको थियो ।

त्यसअघि भारले श्रेयस लेयेरलाई ९ बलमा १४ रनमा गुमाएको थियो भने कप्तानसमेत रहेका ओपनर रोहित शर्मा २२ बलमा ११ रन र विराट कोहलीलाई ७ बलमा मात्र ४ रन गुमाएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १९:३९   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।