Logo

खेलकुद

भारत र पाकिस्तानबीचको खेल नतिजाविहीन, ‘सुपर फाेर’मा पुग्ने नेपालकाे सम्भावना जिवितै



काठमाडौं । एसिया कपअन्तर्गत आज (शनिबार) भएको दुइ चिरप्रतिद्वन्द्वी भारत पाकिस्तानबीचको खेल नतिजाविहीन भएको छ । पहिलो इनिङ सकिएपछि निरन्तर वर्षा भएपछि दोस्रो इनिङको खेल सुरु हुन पाएन ।

श्रीलंकको पाल्लेकेले स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको भारतले जितका जितका लागि पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको थियो । भारतले ४८.५ भोरमा अलाउट हुँदै २६६ रन बनाएको हो ।

पहिलो इनिङमा पनि वर्षाका कारण खेल पटक पटक प्रभावित भएको थियो । तर पहिलो इनिङको समाप्तिपछि फेरि सुरु भएको वर्षा नरोकिएपछि दोस्रो इनिङको खेल सुरु हुन समेत नसकेपछि खेल नतिजाविहीन हुन पुगेको हो ।

पाकिस्तान यस खेलमा अंक बाडेसँगै सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ । याे खेल रद्द भएसँगै नेपालकाे पनि सुर फाेरमा पुग्ने सम्भावना जिवितै रहेकाे छ । सोमबारको खेलमा भारतलाई पराजित गरेमा नेपाल सुपर फोरमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार २२:१८   :  बजे

549
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।