काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि शनिबार सिंहरबारमा आगो लगाउने धम्की दिए ।
उनले गएराति फेसबुकमा लेख्दै सरकारलाई चोर सरकारको संज्ञासमेत दिए भ्याए । ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ उनले फेसबुकमा लेखेका थिए ।
शनिबार बिदाको दिन सरकारी गाडी तीब्र गतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोकेर चेकजाँच गर्न खोज्दा बालेनले यसको आक्रोस फेसबुकमा पोखेका थिए ।
उनको धम्कीपूर्ण अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले समर्थन गर्दै लाखौँ लाइक, कमेन्ट तथा शेयर गरेका छन् ।
यसैबीच, नेकपा (एमाले)का नेता विष्णु रिजालले मेयर साहको धम्कीपूर्ण फेसबुक स्टाटसलाई लिएर नयाँले समाजलाई कहाँ लैजान खोज्दैछन् भन्दै प्रश्न गरेका छन् ।
‘शनिबारको दिन श्रीमतीले सरकारी गाडी चढेकोमा प्रहरीले सोधपुछ गर्दा सिंहदबार जलाइदिने महानगरका मेयरको स्ट्याटस ! अनि त्यसमा लाखौँ लाइक, हजारौँ कमेन्ट र शेयर ? नेता रिजालले ट्वीटरमा लेख्दै भनेका छन्, ‘नयाँ’ले समाजलाई कहाँ लैजान खोज्दैछन् ? अनि अमानिसहरु कहाँ जान चाहिरहेका छन् ? यस ‘मास हिस्टेरिया’को अन्तिम परिणति के होला ?





















प्रतिक्रिया