Logo

खेलकुद

महिला टी २० विश्वकप छनौट : भुटानलाई हराउँदै नेपाल सेमिफाइनल नजिक



काठमाडौं । आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ ।

अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले १२ , कविता जोशीले ९, सितारानामगरले ८ रन बनाईन्  ।

यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन मात्रै बनायो ।  जसमा  कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन जोडिन्  ।

नेपालकी पुजा महतोले ३,कप्तान रुविना क्षेत्रीले १ ,  खुशी डंगोलले  १ र कविता कुँवरले  १ विकेट  हात पारिन् ।

नेपालले चौथो खेलमा सोमबार कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युएईसँग खेल्दैछ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १०:२५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।