Logo

अर्थ

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर १ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १२:१८   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।