Logo

खेलकुद

एसिया कप : आज बंगलादेश र अफगानिस्तान भिड्ने



काठमाडौं । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज (आईतबार) बंगलादेश र अफगानिस्तान भिड्दै छन् ।

दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुने छ ।

पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो । अफगानिस्तान भने पहिलो खेलमा जित निकाल्दै एक खेल अगावै सुपर फोरमा स्थान पक्का गर्न चाहन्छ ।

बंगलादेश पराजित भएमा एसिया कपबाट बाहिरिने पहिलो राष्ट्र बन्ने छ ।

समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेको छ । सुपर फोरमा पुग्ने अर्को टोली भने भारत र नेपालको नतिजा कुर्नुपर्ने छ । नेपाल र भारतविचको खेल सोमबार हुनेछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १२:३१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।