काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २९.८१ अंकले घटेर १९६०.७८ को विन्दुमा झरेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा झरेको छ । एक अर्ब १८ कराेडको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ४० लाख ५३ हजार ३६८ कित्ता सेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएका छन् ।




















प्रतिक्रिया