Logo

अर्थ

एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक



काठमाडौं । एनएमबी बैंकले डेबिट कार्डमा रु १०० क्यास ब्याक अफर घोषणा गरेको छ ।

सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (POS) मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १६:०५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।