Logo

अर्थ

अब शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट आइएमई पेमा सिधै क्यास लोड गर्न सकिने



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १६:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।