काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री चन्द्रदेव जोशीको बिगो ६२ करोड घटाउन जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतलाई पत्राचार गरेको छ । जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले पूर्वमन्त्री जोशीको हकमा नेपाल प्रहरकिो कन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पठाएको बिगो फरक परेको भन्दै त्रुटि सच्याउन पत्राचार गरिएको हो ।
सरकारी वकिल कार्यालयले सीआईबीले पत्र पठाएकाले अदालतलाई आग्रह गरेका हो । अभियोग पत्रको पृष्ठ ६२९ को दशौं र चौधौं हरफमा जोशीविरुद्ध ६३ करोड रुपैयाँको बिगो रकम लेखिएकोमा एक करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गरिदिन सीआईबीले आग्रह गरेपछि जिल्ला अदालतलाई आग्रह गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
यससँगै जोशीविरुद्ध ६२ करोडको बिगो घटेको छ । त्यस्तै, अभियोग पत्रको पृष्ठ नं. ६६१ मा प्रतिवादीहरुको नाममा बिनिता अधिकारी र सोह्रौं हरफमा सुधिरा अधिकारी भट्टराईको नाम टाइप त्रुटिका कारण कपिपेष्ट भएको भन्दै सो पनि सीआईबीले हटाउन आग्रह गरेको छ ।
पत्र हेर्नुहाेस्:–
















प्रतिक्रिया